कर्णाली प्रदेशमा कोभिड संक्रमित थप ८ जनाको मृत्यु, संख्या २ सय पुग्यो

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७८, शनिबार

तस्विरः फाइल

सुर्खेत: कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म मृत्युहुनेहरुको संख्या २ सय पुगेको छ । थप ८ जना संक्रमितको निधन भएपछि प्रदेशमा संक्रमणकै कारण ज्यान गुमाउनेहरुको संख्या २०० पुगेको हो ।

प्रदेशभर हालसम्म कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २० हजार नाघेको छ । शनिबार पिसिआर विधिबाट गरिएको परीक्षणमा थप ३ सय ५९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएपछि हालसम्म कोरोना भाइरस संक्रमण हुनेहरुको संख्या २० हजार ४०७ पुगेको हो ।

गएको २४ घण्टामा प्रदेशमा कोरोना भाइरस संक्रमण मुक्त भएर ४२० जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणबाट निको हुनेहरुको कुल संख्या १२ हजार ६६४ पुगेको छ ।

हाल प्रदेशमा कुल संक्रमितमध्ये ६ हजार ५९३ जना सक्रिय संक्रमित उपचारमा छन् ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech