शनिबार काठमाडौं उपत्यकामा मात्र २३०० बढीमा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७८, शनिबार

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९०० बढीमा संक्रमण पुष्टि हुदा काठमाडौं उपत्यकाका मात्र २ हजार ३०० बढी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यकामा २३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौंका १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । अहिले देशभर १ लाख १५ हजार ८०६ जना कोभिडका सक्रिय संक्रमित छन् ।

हालसम्म नेपालमा ५ लाख बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भईसकेको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech