हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७८, शनिबार
हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान

हेटौंडा: हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।

अस्पतालले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उक्त प्लान्ट जडान गरेको हो । उक्त प्लान्टबाट २४ घण्टामा १५ वटा ठूलो अक्सिजन सिलिन्डरमा भर्ना पुग्छ।

जडान गरिएको प्लान्टको परीक्षण समेत भैसकेको र आजै साझँबाट अक्सिजन उत्पादन समेत सुरु हुने डा.काफ्लेले बताउनुभयो ।

 

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech