भक्तपुरमा संक्रमित ९५ प्रतिशत बढी होम आइसोलेसनमा

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७८, शनिबार

भक्तपुर: भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या र मृत्युदरमा कमि आउन सकेको छैन। यहाँ संक्रमणका कारण दुईसातादेखि निरन्तर संक्रमित बिरामीले ज्यान गुमाइरहेका छन् ।

बिहिबार एकैदिन १४ जना कोभिड संक्रमित बिरामीले ज्यान गुमाएसँगै शुक्रबारसम्म संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या २७१ भन्दा बढी छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार संक्रमण पुष्टि भएका अधिकांश होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

करिब ९५ प्रतिशत संक्रमण पुष्टि भएकाहरु घरमै आइसोलेट भएर बसेको बताईएको छ । जिल्लामा हालसम्म १७ हजार ५७६ जनामा संक्रमण पुष्टि भएकोमा अहिले करिब ४ हजार ५५५ सक्रिय सङ्क्रमित छन्। त्यसमध्य होमआइसोलेशनमा ४ हजार १३४ बिरामी छन्।

जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितले शय्या पाउन सकिरहेका छैनन्। शय्या नभएर कतिपय बिरामी अस्पतालको गेटबाटै फर्कन बाध्य छन् ।संक्रमितमध्य अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ ।

सक्रिय संक्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत संक्रमण र मृत्युदर कमी रहेको छ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech