कोरोना महामारी विरुद्धका मेडिकल सामग्री लिएर अमेरिकी जहाज काठमाण्डौं आउने

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: यूएसएआईडीले कोरोना महामारी विरुद्धका आवश्यक स्वास्थ्य सामग्री नेपालमा ल्याउदै छ ।अमेरिकाको सहयोगमा यूएसएआईडीले आवश्यक स्वास्थ्य सामग्री नेपालमा ल्याउन लागेको हो।

कोरोना संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गन लागेको हो। अमेरिकाले तीन वटा जहाजमा सामग्री पठाउन लागेको छ । दुईवटा जाहाज भने केहिदिन पछि आउनेछन् ।

अमेरिकाले स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि मास्क, फेससिल्ड, र पञ्जासहितका सामग्री तथा पीसीआर परीक्षणको लागि टेष्ट किट पठाएको छ ।

आज स्वास्थ्य सामग्री लिएर आउने जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नेछ।पछिल्ला तीन हप्तामा अमेरिकाले नेपाललाई डेढ अर्ब रुपैयाँभन्दा धेरै बराबरको सहयोग गरेको जनाएको छ ।

त्यस्तै पछिल्लो ६ महिनामा अमेरिकाले नेपालमा अक्सिजन सिलिन्डर, पल्स अक्सिमिटर, पीपीई, डिस्इन्फेक्टेन्ट, थर्मोमिटर, ‘आर्टिअल ब्लड ग्यास मेसिन’ लगायत अन्य थुप्रै अतिआवश्यक स्वास्थ्य सामग्रीहरु पनि आपूर्ति गराएको छ । गत नोभेम्बरमा मात्र युएसएडले नेपालका ५१ अस्पताललाई १०० भेन्टिलेटर र एम्बुलेन्स सेवा पनि प्रदान गरेको थियो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech