सशस्त्र प्रहरी बल अस्पतालमा जागिरको अवसर

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालले सेवा करारमा कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । अस्पतालले विभिन्न ६ पदमा रोजगारीका लागि दरखास्त आव्हान गरेको हो ।

एक सूचना जारी गर्दै अस्पतालले कोभिड उपचारका लागि एक वर्षे करारमा कर्मचारी नियुक्त गर्न आवेदन माग गरेको जनाएको छ ।

अस्पतालले एनेस्थेसियोजोस्टि २ जना, फिजिसियन २ जना, मेडिकल अफिसर १२ जना, ५० जना स्टाफ नर्स, बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन २ जना र सरसफाईकर्मी १० जना माग गरेको हो ।

हेर्नुहोस् सूचना

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech