चिकित्सक र स्वास्थ्यकर्मीहरुको निधनप्रति मन्त्रालयद्वारा दुःख व्यक्त

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण तीन जना चिकित्सक र विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको निधनप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुख व्यक्त गरेको छ ।

मन्त्रालयले अग्रभागमा खटिएर काम गर्ने क्रममा डा.ईश्वरलाल आचार्य, डा.मुकेश चौधरी र डा.पुज्याश्री कार्की सहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको निधनले मन्त्रालय परिवार स्तब्ध भएको जनाएको छ ।

मन्त्रालयले उहाँहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech