एकैदिन ६५४३ संक्रमित निको भए, ८३०५ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

काठमाडौं: देशभर कोरोना भाइरस संक्रमण मुक्त भएर बिहीबार थप ६ हजार ५४३ जना डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभरका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ६५४३ जना निको भएर डिस्चार्ज भएका हन् । योसँगै देशभर हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको कुल संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका पीसीआर प्रयोगशालामा २१ हजार ६९५ नमुना परीक्षण गर्दा ८ हजार २२७ जना र ३९२ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८ जना गरि कुल ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

कोरोना भाइरस संक्रमणकै कारण देशभर थप १९० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका काारण ज्यान गुमाउनेहरुको कुल संख्या ५ हजार ८४७ पुगेको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech