बाँकेमा ५२८ जनामा कोभिड पुष्टि हुदा जिल्लाका मात्रै १८८ जना

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: बाँकेका दुईवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ५२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ४६१ जना र बागेश्वरी ल्याबमा १४७ जनाको नमुना परीक्षण गर्दा ६७ जना गरि कुल ५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका १८८ जना छन् । ७७ जना महिला र १११ जना पुरुष गरि जिल्लाका कुल १८८ नयाँ संक्रमित थपिएको केन्द्रले जनाएको छ । आज संक्रमण पुष्टि हुनेहरु ३ वर्षदेखि ७९ वष उमेर समुह सम्मका छन् । आज बाँकेमा कोरोना भाइरस संक्रमण मुक्त भएर ४३१ जना डिस्चार्ज भएका छन् ।

२३१ जना महिला र २४४ पुरुष गरि कुल ४७५ जना संक्रमणबाट निको भएका हुन् । गएको २४ घण्टामा संक्रमणका कारण जिल्लामा १२ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीहरुको उपचार भैरहेका अस्पतालमा बाँकेका ६ जना र जिल्ला बाहिरका ६ जना गरि १२ जनाले ज्यान गुमाएका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech