कोरोना संक्रमित बिरामीको नि:शुल्क उपचारका लागि ३० वटा अस्पतासँग मन्त्रालयको सम्झौता

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीको नि:शुल्क उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले बताउनुभएको छ ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

सरकारले सम्झौता गरेका अस्पतालहरुको सूचि यसप्रकार छ ।

 

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech