रेम्डिसिभिरको उत्पादन अब नेपालमै,नेसनल हेल्थ केयरलाई अनुमति

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

काठमाडौं: कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा प्रयोग हुदै आएको ‘रेम्डिसिभिर’ इन्जेक्सनको अब नेपालमै उत्पादन सुरु हुने भएको छ ।

औषधि व्यवस्था विभागले नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएपछि अब यसको उत्पादन नेपालमै सुरु हुने भएको हो । उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले जानकारी दिनुभयो ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार औषधि उत्पादनको प्रक्रियामै छ, त्यो प्रक्रिया पुरा भएपछि बजार बिक्रिका लागि पनि अनुमति दिइने छ ।

कोरोना भाइरस संक्रमण तिब्र रुपमा बढेपछि संक्रमितको उपचारमा यसको माग उच्च छ । तर माग अनुसारको आपूर्तिमा सहज नहुदा बिरामीहरुले सहज रुपमा पाउन सकेका छैनन् । भारतले निर्यात प्रतिबन्ध लगाएपछि कोभिड-१९ का बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि अहिले बंगलादेशबाट ल्याउने गरिएको छ

 

 

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech