नेपालगन्ज मेडिकल कलेजः कोहलपुर र नेपालगन्जमा एक महिनामा ३१६ संक्रमित निको भए

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज कोहलपुर र नेपालगन्ज शिक्षण अस्पतालमा एक महिनाको अवधिमा भर्ना भएका कोभिड संक्रमित मध्ये ३ सय १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

दोस्रो लहरको कोरोना भाइरस महामारी सुरु भएपछि बैशाख ३ गतेदेखि जेठ २ गतेसम्मको अवधिमा ५ सय ५० संक्रमित अस्पतालमा भर्ना भएका थिए । तिमध्ये ३ सय १६ जना निको भएर घर फर्किएको अस्पतालका सह-निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार, यो अवधिमा १२ जना कोभिड संक्रमित सुत्केरी भएका छन् ।

दुई जना संक्रमितको जटिल शल्यक्रिया गरिएको छ । एकजना विरामीको डायलाइसिस समेत भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । एक महिनाको अवधिमा उपचारका क्रममा ८४ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज र कोहलपुरमा अहिले उपचाररत् छन् । तीमध्ये ३६ जना आईसीयूमा र ९३ जना कोभिड वार्डमा रहेको अस्पतालले जनाएको छ । सहनिर्देशक कनोडियाका अनुसार डाक्टर र स्वास्थ्यकर्मीगरी हालसम्म १६६ जना संक्रमित भएका छन् ।

 

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech