भारतमा कोभिड संक्रमण दर निरन्तर घट्दो क्रममा, मृत्युदर भने उस्तै

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

तस्बिर:बिबिसी

नयाँ दिल्ली: कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएको भारतमा अहिले संक्रमण दर निरन्तर ओरोलो झरिरहेको छ । संक्रमित संख्या करिब चारलाख सम्मको हाराहारीमा पुगेको भारतमा केहि दिनयता भने संक्रमित संख्यामा कमि आएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा २ लाख ६७ हजार बढीमा कोभिड संक्रमण पुष्टि हुदा ३ लाख ८९ हजार बढी संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमण दर ओरोलो लागेको भएपनि यहा मृत्युदरमा भने कमी आएको छैन । हरेक दिन ४ हजार बढी संक्रमितले ज्यान गुमाइरहेका छन्।

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ५४ लाखबढी छ। त्यस्तै अहिलेसम्म २ लाख ८३ हजार बढीको ज्यान गएको छ ।अहिलेसम्म भारतमा २ करोड १९ लाख बढीले कोरोनालाई जितेका छन् । ३२ लाख बढी उपचारमा छन्।

 

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech