कोभिड संक्रमणका कारण सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

धनगढी: कोरोना भाइरस संक्रमणका कारण धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार कैलालीका ४, कञ्चनपुर र डोटीका १-१ जना संक्रमितको मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा धनगढी उपमहानगरपालिका–१ का ८० वर्षीय पुरुष, २ का ५८ वर्षीय पुरुष, १७ का ३५ वर्षीया महिला र कैलालीको जोशीपुर गाउँपालिका–५ की २९ वर्षीया महिला हुनुहुन्छ ।

अस्पतालको प्रयोगशालामा गएको २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालबाट थप ६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech