नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज कोरोना भाइरसको थप नयाँ भेरियन्ट पत्ता लागेको सम्बन्धमा अपिल जारी गर्दै ३५ वटा नमूना परीक्षण गरिएकोमा ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको जनाएको हो।

३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा WHO identified centre of  excellence in genomic sequencing CSIR- Institute of Genomic and Integrative Biology, India मा जिन स्क्विन्सिग गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटा)B.1.617.2 नयाँ भेरियन्ट र ३ प्रतिशतमा B.1.617.1 पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरेको थियो।

हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाईएको भन्दै मन्त्रालयले संक्रमण रोक्न सबै जिम्मेवार बन्न अनुरोध गरेको छ ।

 

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech