बाँकेमा कोभिड संक्रमण दर घट्दो क्रममा

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा मंगलबार थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कुल १ हजार १५ नमुना परीक्षण गर्दा ४ं४७ जना कोभिड संक्रमित थपिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको हो ।संक्रमण पुष्टि हुनेहरुको संख्या केहि दिनदेखि तुलनात्मक रुपमा घटिरहेको छ ।

मंगलबार भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा ७३५ नमुना परीक्षण गर्दा ३२३ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ८० जनाको नमुना परीक्षण गर्दा ३४ जना र बागेश्वरी ल्याबमा २०० जनाको नमुना परीक्षण गर्दा ९० जना गरि कुल ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरु बाँकेका २०६ जना रहेको केन्द्रले जनाएको छ। जिल्लाका ९१ जना महिला र ११५ जना पुरुषमा आज संक्रमण पुष्टि भएको हो । आज संक्रमण मुक्त भएर बाँकेमा २०३ जना डिस्चार्ज भएका छन् ।

१०९ जना महिला र ९४ जना पुरुष आज संक्रमण मुक्त भएका हुन् । जिल्लाका ५ जना र जिल्ला बाहिरका ६ जना गरि कुल ११ जनाले आज संक्रमणका कारण ज्यान गुमाएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

संक्रमण नियन्त्रण बाहिर गएको बाँकेमा सुरुका दिनमा करिब शतप्रतिशत सम्मलाई संक्रमण देखिएको थियो । केहिदिन अघिसम्म ८०-९० प्रतिशतमा कोभिड संक्रमण पुष्टि हुने गरेको बाँकेमा अब संक्रमण दर घटेको अनुमान लगाउन सकिन्छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech