कोभिड जित्नेहरु धेरै, आज एकैदिन ६८९१ जना निको भए

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौं: कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । संक्रमण नियन्त्रण बाहिर जादा बैशाख महिनामा देशैभर अस्वभाविक रुपमा संक्रमितहरु बढेका थिए ।

अहिलेपनि कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमि भने आएको छैन । तर संक्रमण जितेर हरेक दिनजसो ठूलो संख्यामा संक्रमितहरु डिस्चार्ज भैरहेका छन् ।

देशैभर अधिकांश संक्रमित होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय बढी कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

देशभरबाट ६८९१ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जारी गरको तथ्यांकमा उल्लेख छ । हिजो सोमबार ५ हजार ७६७ संक्रमित निको भएका थिए ।

चिकित्सकहरुले संक्रमणबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन अपिल गरेका छन् । संक्रमण जित्न सकिने भन्दै उच्च मनोबलका साथ स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सहरुले आग्रह गरेका हुन् ।

होम आइसोलेसनमा अधिकांश संक्रमित स्वास्थ्य लाभ गरिरहेको भन्दै कोभिडका बिरामीको उपचारमा संलग्न चिकित्सकहरुले अक्सिजन लेभल नियमित जाँच गर्न, स्वस्थ्य खाना खानेकुरा खान, नियमित व्ययाम गर्न र चिकित्सक र स्वास्थ्यकर्मीहरुको निगरानीमा बस्न आग्रह गरेका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech