देशभर ८२०३ संक्रमित थपिदा, ६८९१ जना निको भए

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: मंगलबार देशभर ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा २० हजार २८६ पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ६७ जना गरि ८२०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ। गएको २४ घण्टामा देशभरबाट ६ हजार ८९१ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेहरुको कुल संख्या ३ लाख ५२ हजार ४५४ पुगेको छ । संक्रमणका कारण देशभर थप १९६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल ७५२ जना क्वारेन्टाइनमा छन् । १ लाख १४ हजार ५२९ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech