स्वास्थ्य मापदण्ड पूरा नगरि जथाभाबी आइसोलेशन सेन्टर नखोल्न स्वास्थ्य मन्त्रालयकोआग्रह

ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आईसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।


    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरि जथाभाबी आइसोलेशन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।कोभिड–१९ संक्रमणका बिरामीको संख्या बढेसँगै विभिन्न संघ–संस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने क्रम बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डबिनाका आइसोलेसन सेन्टर घातक हुने चेतावनी दिएको छ ।

ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आईसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधिहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय, प्रत्यक्ष निगरानीको सुनिश्चितता गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारी सुझाव दिनुहुन्छ ।

सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्ने उहाँले चेतावनी दिनुभएको हो ।

उहाँले टोल–टोलमा आइसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामग्रीहरुको ठूलो खपत हुने र अत्यावश्यक पर्ने अस्पतालहरुमा उपचार सामग्रीको अभाव हुन सक्ने स्थिति सिर्जना भएकाले आफूहरु चिन्तित भएको बताउनुभएको हो ।

क्रिटिकल केयरको उपचार हुने सुनिश्चित गरेर अस्पतालहरुको समन्वय हुने अवस्थामा र आईसोलेन सेन्टरहरुमा स्वास्थ्यकर्मीहरुको सुनिश्चितता हुने गरी मात्रै आइसोलेसनबारे सोच्न डा.अधिकारी आग्रह गर्नुहुन्छ ।

अहिले देशभर अन्य विकल्प हुदाहुदैपनि हल, खाली भवन लगायतमा आइसोलेसन खोल्ने होडबाजी जस्तै छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech