थप पाँच जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चार जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गर थप पाँच जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका-१४ दाङ का ६२ वर्षीया महिला, बैजनाथ गाउँपालिका बाँकेका ६४ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१२ का ५२ वर्षीया महिला, ठाकुरबाबा नगरपालिका-९ बर्दियाका २५ वर्षिय पुरुष र भिमदत्त नगरपालिका-३ कंचनपुरका ५५ वर्षीया महिला हुनुहुन्छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १८६ जना र जिल्लाकै २३७ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech