थप ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,६६४८ जना निको भए

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

काठमाडौं: देशभरका पीसीआर प्रयोगशालामा १९ हजार ५३९ नमुना परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ५२ जना गरि कुल ७३६८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म कोभिड पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ५५ हजार २० पुगेको छ । गएको २४ घण्टामा देशभरबाट ६ हजार ६४८ जना निको भएका छन् ।

हालसम्म संक्रमण मुक्त भएर निको हुनेहरुको कुल संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । देशभर १ लाख १० हजार २६३ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

७०१ जना क्वेरेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।\

 

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech