थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

तस्विरः फाइल

कोहलपुर: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-२ बाँकेका ५२ वर्षीया महिलाको कोभिडकै कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

हिजो एन्टिजेन विधिबाट कोभिड संक्रमण पुष्टि भएपछि हिजो नै थप उपचारका लागि अस्पताल भर्ना हुनुभएको उहाँको गएराती २ बजेनै मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण जिल्लाकै २३५ जनाको मृत्यु भईसकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech