ओमानबाट आयो ५६० अक्सिजन सिलिन्डर, चिनबाट ल्याउन जहाज बेइजिङ तिर

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

तस्बिर:फाइल

काठमाडौं: ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याईएको छ ।नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट हिजो अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । अक्सिजन सिलिन्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

ओमानबाट फर्किएको जहाज गएराति नै चीनको राजधानी बेइजिङ गएको छ ।जाहाजले बेइजिङबाट समेत अक्सिजन सिलिन्डर सहितका सामान ल्याउनेछ। यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले एक, दुई दिनमै अक्सिजन सहज हुने दाबी गरेको छ ।

देशभरका अस्पतालमा अक्सिजन अभावका कारण उपचारमा समस्या भैरहेको अस्पतालहरुले नै जनाएका छन् । मन्त्रालयका अनुसार आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भैरहेकाले पनि अब बिस्तारै समस्याको समाधान हुनेछ ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech