बाँकेका अस्पतालमा कोभिड संक्रमित थप सातजना पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेजमा एकजना गरि थप सात जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मधुवन नगरपालिका-९ बर्दियाका ७१ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दियाका ५० वर्षिय पुरुष, गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षिय पुरुष, रुम्टिगढी-३ रोल्पाका ३५ वर्षिय पुरुष हुनुहुुन्छ ।

त्यस्तै संक्रमणकै कारण बढैयाताल गाउँपालिका-२ बर्दियाका ८७ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ६० वर्षिय पुरुष र कोहलपुर नगरपालिका-१५ का ६७ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १८३ जना र जिल्लाकै २३४ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech