बाँकेमा आज थपिने २०८ जना, निको हुने ४३७ जना

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा आज थप २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लाका दुईवटा प्रयोगशालामा ३६१ जनाको परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १६० नमुना परीक्षण गर्दा ८२ जना र बागेश्वरी ल्याबमा २०१ नमुना परीक्षण गर्दा १२६ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

कोरोना भाइरस संक्रमण मुक्त भएर शनिबार थप ४३७ जना डिस्चार्ज भएका छन् । १९६ जना महिला र २४१ जना पुरुष गरि कुल ४३७ जना संक्रमणबाट निको भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

आज बाँकेका ७ जना र जिल्ला बाहिरका ७ जना गरि १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech