शनिबार ८ हजार बढीमा संक्रमण पुष्टि, ५ हजार बढी निको भए

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

काठमाडौं: देशभर शनिबार थप ८ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ एन्टिजेन परीक्षण गर्दा १२१ जना गरि कुल ८१६७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । गएको २४ घण्टामा देशभरबाट ५ हजार ४५५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म देशभर संक्रमण मुक्त हुनेहरुको कुल संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । गएको २४ घण्टामा १८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोभिड संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ४ हजार ८५६ पुगेको छ। हाल देशभर कोभिडका १ लाख ९ हजार ७४० सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech