कोभिड संक्रमित २६ वर्षीया महिला र ३६ वर्षका पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार हुदै आएको बाँकेका दुई अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप दुईजनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा कुमाख गाउँपालिका २ सल्यानका ३६ वर्षिय पुरुष र कोहलपुर नगरपालिका ८ बाँकेका २६ वर्षिया महिला हुनुहुन्छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७८ जना र जिल्लाकै २३२ जनाको मृत्यु भईसकेको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech