दाङमा अक्सिजन अभावः नेपालगन्ज र इटहरीबाट ल्याइयो

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

घोराहीः दाङमा अक्सिजन अभाव भएपछि बाहिरी जिल्लाबाट अक्सिजन ल्याउन थालिएको छ। प्रदेश सरकारको पहलमा शनिबार दाङमा इटहरीबाट ११२ र नेपालगञ्जबाट ६९ अक्सिजन सिलिन्डर आएको हो।

यी अक्सिजन सिलिण्डर कोभिड अस्पतालमा पुर्‍याउने काम भएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

दाङमा भएको अक्सिजन प्लान्टमा उत्पादन कम भएपछि बाहिरी जिल्लाबाट अक्सिजन ल्याउनु परेको हो। जिल्लामा दैनिक ७०० सिलिन्डर अक्सिजन आवश्यक छ । तर, जिल्लामा दैनिक ११० सिलिन्डर मुस्किलले उत्पादन हुने गरेको छ।

इटहरीबाट आएको सिलिन्डरमध्येबाट ३० वटा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, बेलझुन्डी अस्पतालमा ६० वटा, लमही अस्पतालमा १० वटा, शान्तिनगर गाउँपालिकाको आइसोलेसनमा ५ वटा र बाँकी ७ वटा बिरामीलाई उपलब्ध गराइएको छ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech