कोहलपुर शिक्षण अस्पतालमा कोभिड संक्रमित पुरुषको खुट्टाको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

कोहलपुर: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमित एकजना व्यक्तिको हाडजोर्नीको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

खजुरा गाउँपालिका बाँकेका ६५ वर्षिय संक्रमित पुरुषको खुट्टाको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । बैशाख २६ गते दिउँसो सडक दुर्घटनामा परि घाइते भएका उनको २७ बैशाखमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दायाँ खुट्टाको एन्कलमा गम्भीर चोट लागेका उनको बैशाख ३० गते एशोसियट प्रोफेसर डा.दिनेश श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा.सबिन श्रेष्ठ, एनेस्थेसियोलोजिस्ट डा.रनिश श्रेष्ठ,डा.अमन शाह र नर्सहरु दुर्गा पन्त, पुतला बिस्ट, पार्वती शाही लगायतको टीमले सफल शल्यक्रिया गरेको हो ।

 

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech