कोरोनाबाट बाँकेका पत्रकार शाहीको निधन

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट पत्रकार रईस शाहीको आज निधन भएको छ । नेपालगन्ज उपमहमहानगरपालिका ८ का ४४ वर्षीय शाहीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा आज विहान ८ बजे निधन भएको हो ।

कोभिड पुष्टिपछि उहाँ १८ गते अस्पताल भर्ना हुनुभएको थियो । खबर नेपालगन्ज दैनिकका प्रकाशक शाही लामो समय समय अधिकार दैनिकमा पनि आबद्ध हुनुभएको थियो । शाही नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रशासन शाखाका कर्मचारी समेत हुनुहुन्थ्यो ।

शाहीका श्रीमति, एक छोरा र एक छोरी छन् । नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य, अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेका सहसचिव शाहीको निधनप्रति पत्रकार महासंघ बाँके, अवधि पत्रकार संघलगायतले दुख व्यक्त गरेका छन् ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech