बर्दियाका ४० वर्षिय संक्रमित पुरुषको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ ।

अस्पतालका अनुसार मधुवन नगरपालिका-१ बर्दियाका ४० वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । बैशाख १७ गते बर्दियामा कोभिड पुष्टि भएपछि उहाँ स्वास्थ्य लाभ गरिरहनुभएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि बैशाख ३० गते थप उपचारका लागि भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको आज बिहान ७:३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोन भाइरस संक्रमणका कारण हालसम्म जिल्लाकै २२९ जना र जिल्ला बाहिरका १७६ जनाको मृत्यु भईसकेको छ । यसअधि गएराति बाँकेका अस्पतालमा कोरोना संक्रमित पाँच जनाको मृत्यु भएको थियो ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech