अक्सिजन आपूर्ति भएन, अब कोभिडका बिरामी भर्ना लिन सकिदैन-प्रदेश अस्पताल सुर्खेत

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

सुर्खेत: सुर्खेत स्थित प्रदेश अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीहरुलाई भर्ना गर्न नसकिने जनाएको छ ।

अक्सिजन अभाव देखाउँदै अस्पतालले अब कोभिड संक्रमित बिरामीको भर्ना लिन नसकिने जनाएको हो । अस्पतालका निर्देशक डा.डम्बर खड्काले एक सूचना जारी गर्दै नेपालगन्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड संक्रमण भई अस्पताल आउने बिरामी भर्ना गर्न नसकिने जनाउनुभएको हो ।

कर्णाली प्रदेशकै ठूलो अस्पतालको उक्त सूचनापछि स्थानिय आक्रोशित छन् । कर्णाली प्रदेश अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यकता पर्ने अस्पतालका निर्देशक खड्का बताउनुहुन्छ ।

नेपालगन्जबाट बुधबारदेखि अति न्युन संख्यामा सिलिन्डर आइरहेको भन्द्रै उहाँले यो अवस्थाले विकराल अवस्था आउन सक्ने बताउनु भयो । यसैबिच सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवीलाल रिजालले अक्सिजन आपूर्ति सहज बनाउन छलफल भैरहेको बताउनुभएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech