सुर्खेतमा जारी निषेधाज्ञा १५ दिन थप, आजदेखि थप कडाइ गर्ने तयारी

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

सुर्खेत: सुर्खेतमा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमण त्रिब रुपमा फैलिएपछि सुखैत प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलो पटक निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा थप कडाइ गर्ने तयारी गरेको छ ।

आजदेखि खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाईएको छ ।

कर्णालीमा हालसम्म कोरोनाबाट १३४ जनाको मृत्यु भइसकेको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech