दोस्रो खेप स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज आज फेरि बेइजिङ जाँदै

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

काठमाडौंः चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाँदै छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ ।

 

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech