चितवनको क्यान्सर अस्पतालमा पनि कोभिड बिरामीको लागि १४० बेड छुट्याइयो

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

चितवनः चितवनतको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने भएको छ । कोभिड बिरामीको उपचारका लागि क्यान्सर अस्पतालले १४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्दै छ ।

भोलि आइतबारबाट कोरोना संक्रमित बिरामीको भर्ना लिन सुरु गर्ने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले जानकारी दिनुभयो ।

हाल चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा मात्रै कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको छ । ती अस्पतालमा कोरोना संक्रमित बिरामीहरु भरिन थालेको र थप संक्रमितले उपचार नपाउने अवस्था आएपछि क्यान्सर रोगको उपचार हुँदै आएको अस्पतालमा पनि कोरोना संक्रमितको उपचारका लागि १४० बेड छुट्टाइएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४५० बेड छ । डा गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर भोलिबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको हो । अस्पतालको रेडियशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिएको छ ।क्यान्सर अस्पतालको समेत बेड गर्दा जिल्लामा कोभिडका लागि बेड संख्या ७६९ पुगेको छ ।

 

जिल्लाका स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाए पनि त्यहाँ खासै संक्रमितलाई राखिएको छैन । गुञ्जमान सिंह हस्पिटलमा १०, बघौडा अस्पताल माडीमा १०, बकुलहर अस्पताल रत्ननगरमा २८, भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५, खैरहनी स्वास्थ्यचौकीमा १५, राप्ती अस्पतालमा २०, कालिका नगर अस्पतालमा १२ र इच्छाकामनामा २० शय्या सञ्चालनमा रहेको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech