बाँकेका अस्पतालमा कोभिड संक्रमित ५ महिने गर्भवती सहित थप ५ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा-१ बर्दियाका ३४ वर्षिया गर्भवतीले कोभिड संक्रमणकै कारण ज्यान गुमाएको बर्दियाका कोभिड फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ बैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको आज  बिहान २:५८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यसैबिच बाँकेका अस्पतालमा गएराति थप चारजना कोभिड संक्रमितको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका-९ बाँकेका ६१ वर्षिय पुरुष र गुलरिया नगरपालिका-१० बर्दियाका ६० वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ३९ वर्षिय पुरुष र बनागांड कुपिन्डे-४ सल्यानका ६० वर्षिया महिलाको मृत्यु भएको छ।

योसँगै बाँकेमा कोभिड संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ जना र जिल्लाकै २२९ जनाले हालसम्म ज्यान गुमाइसकेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

जेष्ठ १ हुनुपर्ने जेष्ठ २ भएकोमा सच्याएर हटाईएको छ। सम्पादक

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech