बाँकेमा कोभिड संक्रमित ३७ वर्षिय महिला सहित थप तीन जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

तस्विरः फाइल

.नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा बैजनाथ गाउँपालिका-२ बाँकेका ३७ वर्षिया महिला, कोहलपुर नगरपालिका-४ बाँकेका ४२ वर्षिय पुरुष र ठाकुरबाबा-१ बर्दियाका ४६ वर्षिय पुरुष हुनुहुन्छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १७२ जना र जिल्लाकै २२७ जनाको मृत्यु भईसकेको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech