सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा ३० जना कोभिड संक्रमित बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

तस्विरः फाइल

धनगढी: कोेरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएको सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा ३० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेका गरेर गएको २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सँगै प्रदेशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।यस्तै प्रदेशभर बितेको २४ घण्टामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार प्रदेशका विभिन्न जिल्लाका २ सय १३ जना कोरोना भाइरस संक्रमणबाट निको भएको निर्देशनालयले जनाएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech