अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न भेरी सहित तीन अस्पताललाई ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय स्वीकृत

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जलाई ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुँदा तेस्रो पटक नै अर्थमन्त्री नियुक्त हुनुभएका पौडेलले पदबहालीपछि आफ्नो पहिलो निर्णय कोभिडसम्बन्धी नै गर्नुभएको हो ।

पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताउनुभएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech