कर्णालीमा ४०० बढी कोभिड संक्रमित थपिए, २३४ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

सुर्खेत: गएको २४ घण्टामा कर्णाली प्रदेशमा थप ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशका विभिन्न पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २१९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८२ जना गरि कुल ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमण मुक्त भएर पछिल्लो २४ घण्टामा प्रदेशभर २३४ जना डिस्चार्ज भएका छन् । यहाँ हालसम्म ९ हजार ६५० जनाले कोभिड संक्रमण जितिसकेका छन् ।

संक्रमणका कारण गएको २४ घण्टामा ५ जनाले ज्यान गुमाएसँगै हालसम्म कोभिडका कारण ज्यान गुमाउनेहरुको संख्या १३४ पुगेको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech