देशभर ८५२० संक्रमित थपिदा ६१३५ जना निको भए

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं: शुक्रबार देशभर ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरका पीसीआर प्रयोगशालामा २० हजार ९४८ नमुना परीक्षण गर्दा ८ हजार ४६७ जना र ५३० नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जना गरि कुल ८५२० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म कोभिड पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । गएको २४ घण्टामा देशभरबाट ६ हजार १३५ जना निको भएका छन् ।

हालसम्म संक्रमण मुक्त भएर निको हुनेहरुको कुल संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । देशभर १ लाख ७ हजार ३३६ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

५१६ जना क्वेरेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech