एकैदिन २०३ जना कोभिड संक्रमित बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण देशभर थप २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेहरुको कुल संख्या ४ हजार ६६९ पुगेको छ ।

गम्भीर प्रकृतिका संक्रमितहरु बढेका कारण पनि मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् । बिरामीहरुमा कडा खालको कोभिड देखिनु, अस्पतालमा उपचारका लागि शैया अभाव हुनु, गम्भीर विरामीहरुका लागि चाहिने अक्सिजन अभाव हुनु मृत्युदर बढ्नुका प्रमुख कारणहरु भएको चिकित्सकहरुले बताएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५२० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । समुदाय स्तरमा कोभिड फैलिसकेकाले पनि संक्रमण दर नियन्त्रणमा आउन नसकेको धेरैको आँकलन छ ।

देशभर अहिले १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech