नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गर्दै

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गर्ने भएको छ । संघका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको हो ।

कोभिड संक्रमणलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको संघका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो ।

एम्बुलेन्स मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको माहासंघले जनाएको छ । एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी र गैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले सार्वजनिक रुपमा आव्हान गरेको छ ।

माहासंघ बाँकेका सचिव कमल डाँगीका अनुसार एम्बुलेन्स खरिद गर्न आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।

बैठकले कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा समेत गरेको छ ।

 

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech