धनगढीमा नेपाली सेनाको अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि सहयोग

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

धनगढी: कैलालीको धनगढीमा रहेको नेपाली सेनाको अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि रु ३० लाख सहयोग प्रदान गरिएको छ।

प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले सेवा सञ्चालन गर्न प्रदेश कोरोना कोषबाट ३० लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले सेनाको अस्पतालबाट कोरोना संक्रमितको उपचार गरिदिन आग्रह गरेको थियो।जिल्लामा रहेका अन्य अस्पताल संक्रमितले भरिन थालेपछि प्रदेश सरकारले बैशाख पहिलो सातादेखि स्थान खोजी गरिरहेको थियो।

प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको जनाइएको छ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले अन्य अस्पतालमा देखिएको बिरामीको चाप कम गर्न तीव्र तयारी अगाडि बढाईएको जानकारी दिनुभयो।

निर्माधिन सो अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध गराइने योजना नेपाली सेनाको छ ।

उक्त अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको छ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech