सेतीको प्रयोगशालामा ५३४ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

धनगढी: धनगढीमा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा १ हजार २०३ नमुना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आज संक्रमण पुष्टि हुनेहरु कैलालीका ४३३ जना र अन्य जिल्लाका १०१ जना हुनुहुन्छ ।

अहिले धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ९८ जना कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको छ । ८० जना भन्दा बढी संक्रमितको अक्सिजन सर्पोटमा उपचार भैरहेको छ।

अस्पतालका अनुसार गएको २४ घण्टामा थप ८ जना संक्रमित बिरामीको मृत्यु भएको छ ,

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech