बाँकेका अस्पतालमा थप तीनजना कोभिड संक्रमित बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेजमा दुईजना र भेरी अस्पताल नेपालगन्जमा एकजना गरि थप तीन जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा बासगढी नगरपालिका-५ बर्दियाका ५० वर्षिाय पुरुष, कोहलपुर नगरपालिका-२ बाँकेका ५० वर्षिया महिला र सल्यानका ४० वर्षिया महिला हुनुहुन्छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि आएका जिल्ला बाहिरका १७० जना र जिल्लाकै २२४ जनाको मृत्यु भईसकेको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech