नेपाल-कोरिया मैत्री अस्पतालले आफै अक्सिजन उत्पादन सूरु गर्दै, एयर बेस अक्सिजन पलान्ट जडान

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं: नेपाल-कोरिया मैत्री अस्पतालले शुक्रबार आजदेखि आफैं अक्सिजन उत्पादन सुरु गर्दै छ ।अस्पतालले आफै अक्सिजन प्लान्टबाट जडान गरि अक्सिजन उत्पादन सुरु गरेको हो ।

देशैभर कोरोना भाइरस संकमण तिब्र रुपमा बढिरहेको बेला उपचारका लागि अत्यावश्यकपर्ने अक्सिजन अभाव भएपछि अस्पतालले एयर बेस अक्सिजन पलान्ट जडान गरि अक्सिजन उत्पादन सुरु गरेको हो ।

मध्यपुरठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार अस्पतालमा जडान गरिएको अत्याधुनिक प्रविधिको अक्सिजन प्लान्टबाट पहिलो चरणमा दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ ।

तत्काललाई ३० सिलिण्डर उत्पादन गरे पनि केही प्रविधिहरु जोडेपछि यसबाट दैनिक ९० सिलिण्डरसम्म उत्पादनगर्ने उहाँको भनाई छ। अहिले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका ९ वटा आइसियू र ७ वटा भेन्टिलेटर गम्भीर प्रकृतिका विरामीले भरिएका छन् ।

श्रेष्ठका अनुसार अक्सिजन पर्याप्त नहोला तर तत्काललाई राहत भने हुनेछ । स्वास्थ्य मन्त्रालयले अक्सिजन अभाव र आपूर्तिमा समेत समस्या हुन थालेपछि निजि अस्पतालहरुलाई तत्काल १५ दिनभित्र अस्पतालमौ अक्सिजन प्लान्ट जडान गरि जानकारी गराउँन भनेका छ ।

 

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech