सांसदहरुलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं: संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबार(आज)देखि कोरोना भाइरस विरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ।

संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि लगाउन सक्ने जनाएको छ ।

सचिवालयका अनुसार शुक्रबार(आज)देखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र संसदिय मामिला पत्रकारहरुलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने छ।

जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुने बताइएको छ।

खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech