बाँकेमा २८ वर्षीय पुरुष सहित थप ६ जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा पाँच जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी थप ६ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा कुमाख गाउँपालिका-१ सल्यानका ६७ वर्षिया महिला, मधुवन नगरपालिका-६ बर्दियाका ५९ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँकेका ३५ वर्षिया महिला, खजुरा गाउँपालिका-३ बाँकेका ७५ वर्षिया महिला हुनुहुन्छ ।

त्यस्तै भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-५ बाँकेका ६१ वर्षिया महिला र मेडिकल कजेजमा कोहलपुर नगरपालिका-२ बाँकेका २८ वर्षिय पुरुषको समेत कोभिडकै कारण मृत्यु भएको अस्पतालले जनाएका छन् ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका १६७ जना र जिल्लाकै २२२ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech