रुपन्देही: कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा रुपन्देहीमा १८ जना संक्रमित बिरामीको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण जिल्लामा ३२७ जनाले ज्यान गुमाईसकेका छन् ।
गएको २४ घण्टामा यहा ४९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आजै संक्रमण मुक्त भएर ४९२ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ अब सक्रिय संक्रमितको संख्या ७ हजार ४७० पुगेको छ ।